झापा–५ मा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाउने

काठमाडाैं | माघ ३, २०८२

झापा–५ मा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाउने

काठमाडौं:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको हो ।


शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् ।


तामाङले भनेका छन् ।  ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता  क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वगणलाई  आभारसहित झापा क्षेत्र नं. ५ बासी आम मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’


सो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यो पटक पनि सो क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार हुने चर्चा छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्